१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

कांग्रेसले यसरी बनायो छायाँ सरकार, यी भए छायाँमन्त्री हेर्नुहाेस्

६ जेठ, काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

यताे छ छायाँमन्त्रीकाे सूचिः

अर्थः मिनेन्द्र रिजाल

गृहः दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् ।

उर्जा समितिको संयोजकः ज्ञानेन्द्रबहादुर कार्की

परराष्ट्रः नारायण खड्का

शिक्षाः गगन थापा

शहरी विकासः उमाकान्त चौधरी

खेलकुदः किशोर सिंह राठौर

उद्योगः मीन विश्वकर्मा

खानेपानीः सुजाता परियार

स्वास्थ्यः पार्वती डिसी चौधरी

पर्यटनः देवेन्द्र कँडेल

श्रमः डिला संग्रौला

सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

भूमिसुधारः लक्ष्मी परियार

संघीय मामिलाः अतहर कमाल मुसलमान

कृषिः पद्मनारायण चौधरी

महिलाः उमा रेग्मी

रक्षाः भीमसेनदास प्रधान

भौतिक पूर्वाधारः सञ्जयकुमार गौतम

वनः राजेन्द्र केसी

कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।

प्रकाशित मिति : May 20, 2019 at 4:45 pm