सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ४८ करोडको कारोबार
१० मंसिर, काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८९ अकंले घटेर २६३६.७५ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख १० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बिहिबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ४.८८ प्रतिशत बढेको छ। त्यस्तै, एलएस होराइजन १२ को इकाईमूल्य सबैभन्दा बढी ४.७६ प्रतिशत घटेको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनीको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २४ करोड ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 26, 2026 at 3:15 pm














