मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरमा छड्के अनुगमन
१० मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् ।

उनले बालाजुको भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोरमा पुगेर अनुगमन गरेको सचिवालय सदस्य सरिता चौधरीले जानकारी दिइन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेको उनको सचिवालयले जनाएको छ । अनुगमन क्रममा मन्त्री चौधरीले मासु भण्डारणको अवस्था, सरसफाइ तथा खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी मापदण्ड पालना भए–नभएको निरीक्षण गरेकी थिइन्।
प्रकाशित मिति : November 26, 2026 at 11:53 am











