१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौँ । लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई नियुक्त गर्नुको कारणसहित अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि विपक्षी नेपाल सरकार, लुम्बिनी विकास कोषलगायतलाई झिकाउने आदेश दिएको हो ।

आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले रिट दायर गरेका थिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ।

उनीहरूलाई १५ दिनभित्र यसमा केकसो भएको हो, किन माग अनुसार रिट जारी नगर्ने लगायतका प्रश्नको जबाफसहित लिखित जबाफ पेस गर्न आदेश दिएको छ। मन्त्रिपरिषद कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत र कोष र उपाध्यक्ष डोल्माले आफ्नो कानुन व्यवसायीमार्फत जबाफ पेस गर्न भनिएको छ। त्यस्तै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा मंसिर १४ गते दुबै पक्षबीच छलफल हुने भएको छ।

प्रकाशित मिति : November 25, 2026 at 4:56 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/