९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

अनावश्यक खर्च नियन्त्रणदेखि बीमासम्म, यस्ता छन् राष्ट्र बैंकका वित्तीय सुझाव

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि व्यवस्थित वित्तीय योजना बनाएर त्यसलाई व्यवहारमा लागू गर्न सर्वसाधारणलाई सुझाव दिएको छ। केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश सार्वजनिक गर्दै आफ्नो आम्दानी, खर्च, बचत र लगानीको व्यवस्थित व्यवस्थापन गर्दै आर्थिक रूपमा सक्षम र सुरक्षित बन्न वित्तीय योजना बनाउन आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय योजना बनाउँदा आम्दानी र खर्चको हिसाब राख्ने, नियमित बचत गर्ने तथा अनावश्यक खर्च नियन्त्रण गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिएको छ। राष्ट्र बैंकका अनुसार वित्तीय योजना बनाउँदा सबैभन्दा पहिले आफ्नो आम्दानी र खर्चको स्पष्ट हिसाब राख्नुपर्छ। आम्दानीअनुसार खर्च गर्ने, अनावश्यक खर्च कटौती गर्ने र नियमित बचत गर्ने बानी विकास गर्नुपर्नेमा बैंकले जोड दिएको छ।

त्यस्तै, आकस्मिक रूपमा आइपर्ने आर्थिक समस्यासँग जुध्न आपत्कालीन कोषको व्यवस्था गर्न पनि सुझाव दिइएको छ। भविष्यका आवश्यकता पूरा गर्न उपयुक्त बचत तथा लगानीका साधन छनोट गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ। त्यस्तै, आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार बचत तथा लगानीका उपयुक्त साधन छनोट गर्न पनि आवश्यक छ।

राष्ट्र बैंकले ऋण लिँदा आफ्नो आम्दानी र किस्ता तिर्न सक्ने क्षमताको मूल्यांकन गर्न विशेष आग्रह गरेको छ। आम्दानीको तुलनामा अत्यधिक ऋण लिँदा आर्थिक जोखिम बढ्न सक्ने भएकाले वित्तीय निर्णय सोचविचार गरेर लिनुपर्नेमा जोड दिइएको छ। त्यस्तै, आर्थिक जोखिमबाट सुरक्षित रहन बीमाको आवश्यकता बुझ्न तथा आफ्नो आम्दानी, बचत र लगानीको अवस्थाबारे समय–समयमा समीक्षा गरी वित्तीय योजना परिमार्जन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय योजना बनाएर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरेको छ। व्यक्तिको वर्तमान आवश्यकता पूरा गर्नुका साथै भविष्यका आवश्यकता पूरा गर्न आवश्यक रकमको उचित व्यवस्थापन गर्न वित्तीय योजना महत्वपूर्ण हुने बैंकको भनाइ छ। ‘आजको सही वित्तीय योजना, भोलिको सुरक्षित र समृद्ध जीवनको आधार’ भन्ने नारासहित राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले उक्त सन्देश जारी गरेको हो।

प्रकाशित मिति : November 24, 2026 at 12:51 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/