शिवश्री हाइड्रोपावरले बाेलायाे साधारणसभा, यस्ता छन् एजेण्डा
६ मंसिर, काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ र दशौँ वार्षिक साधारणसभा बाेलाएकाे छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार दुवै आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्न लागिएको हो।
कम्पनीको साधारणसभा आगामी मंसिर २८ गते सोमबार बिहान ११ बजेदेखि काठमाडाैंको बुढानिलकण्ठस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। साथै सञ्चालक समितिको निर्वाचनसम्बन्धी प्रस्ताव पनि सभाको एजेण्डामा समावेश गरिएको छ। विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीको नियम ४७(१) संशोधन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ। कम्पनीले सार्वजनिक गरेको सूचनामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव उल्लेख गरिएको छैन।
प्रकाशित मिति : November 22, 2026 at 1:11 pm













