विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
६ मंसिर, काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्रीसँगै दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् ।
प्रकाशित मिति : November 22, 2026 at 12:49 pm













