७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्याथेः गोकुल बास्कोटा

https://www.muktinathbank.com.np/online/loan-application

६ मंसिर, काठमाडाैँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहले आज मंसिर ६ गतेदेखि गर्न लागेको भारत भ्रमणप्रति आशा र शंका दुवै रहेको बताएका छन्।  प्रधानमन्त्री शाह २ दिनको राजकीय भ्रमणका लागि आज दिउँसो काठमाडौँबाट भारत प्रस्थान गर्दै छ।

यस विषयमा आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले अबका ३६ घण्टा आशा र संशयमा बित्ने बताएका हुन्। उनले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा जस्तो चर्चायोग्य अभिव्यक्ति दिने अपेक्षा पनि व्यक्त गरेका छन्।त्यसबेला आफूले प्रधानमन्त्री शाहले राम्रो बोलेभन्दा झन्डै एमालेबाट निकालिएको टिप्पणी बास्कोटाले गरेका छन्।

‘अबका ३६ घण्टा आशा र संशयमा बित्ला। मचैँ संयुक्त वक्तव्य पर्खने। यूएनमा प्रमले राम्रै बोले भन्दा एमालेमा आएका दिनदेखि अकन्टक लाभको पदमा रमेकाहरूले झण्डै पार्टी निकाला गर्‍याथे’, बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘तर संसद्‌मा खेद प्रस्ताव राखेनन्।बुख्याँचासँग को तर्सन्छ।’

प्रकाशित मिति : November 22, 2026 at 12:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/