कांग्रेस सभापति गगन थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा
६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।
सभापति थापा टोखा छहरे हुँदै वेत्रावती पुगेका हुन् । उनले त्यहाँ रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावित नागरिकसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितसँग छलफल गर्ने कार्यक्रम रहेको सभापति उनको सचिवालयले जनाएको छ।

त्यसपछि नुवाकोट फर्किएर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग भेटघाट तथा अन्तरक्रिया हुनेछ। नुवाकोटको विदुरमा बाढी प्रभावित सरोकार समितिसँग पनि भेटघाट र छलफल गर्ने कार्यक्रम छ। त्यसैगरी, विदुर नगरपालिका–५ पिपलटारमा नुवाकोट र रसुवाका प्रभावित नागरिकलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका प्रभावितसँग छलफल गर्ने कार्यक्रम छ। त्यसपछि देवीघाट हुँदै गल्छी र गजुरी पुगेर बाढी प्रभावित नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : November 22, 2026 at 11:29 am













