४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ
६ मंसिर, काठमाडाैँ । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ बस्ने ३२ वर्षीय अजय कुमार साह छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, शनिबार राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
BR 11 Y 3039 नम्बरको स्कार्पियो जाँच गर्दा गाँजा जस्तो देखिने ४९९ केजी पदार्थ बरामद भएपछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : November 22, 2026 at 11:58 am













