५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

पृथ्वी राजमार्गको घोप्टेभीरमा दैनिक पाँच घण्टा सडक बन्द हुने

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कुरिनटारनजिकै घोप्टेभीरमा लगातार भइरहेको पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरेर मर्मतको काम गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय भएको जनाएको छ।

घोप्टेभीरमा लगातार पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : November 20, 2026 at 5:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/