जनउत्थान लघुवित्तको सीईओमा कुलमणि तिम्सिना नियुक्त
४ मंसिर, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणि तिम्सिना नियुक्त भएका छन् । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको २४९औँ बैठकले तिम्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीलाई आगामी मंसिर १६ गतेदेखि लागू हुने गरी चार वर्षका लागि करार सेवामा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।
प्रकाशित मिति : November 20, 2026 at 6:01 pm













