५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

क्यानले भन्योः दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिदको प्रयास गरे

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेका थिए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट सीमित भएकाले केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानले जनाएको छ ।

क्यानले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रिमियर लिग (एनपीएल)को यही मिति २०८३ मङ्सिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुल्ला भएको केही मिनेटमै सम्पूर्ण टिकटहरू सोल्डआउट भएको जानकारी गराउँदछौँ ।’

क्यानले नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति समर्थकहरूले देखाएको अपार माया, साथ र उत्साहका लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ । संघले टिकट खरिद गर्न नपाई असुविधामा परेका दर्शकप्रति क्षमायाचना गर्दै क्रिकेट प्रेमीहरूको निरन्तर साथ र समर्थनप्रति आभार व्यक्त गरेको छ। टिकट प्राप्त गर्न नसकेका समर्थकलाई आधिकारिक डिजिटल प्लेटफर्ममार्फत फाइनल खेल प्रत्यक्ष प्रसारण हेरी प्रतियोगितालाई समर्थन गर्न पनि संघले आग्रह गरेको छ।

प्रकाशित मिति : November 20, 2026 at 5:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/