३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

नेष्डो समृद्ध लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश नदिने

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनी निराश बनाएकाे हाे ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण कार्य सम्पन्न भई लेखापरीक्षकबाट प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको र त्यसमा आवश्यक जवाफसमेत लेखापरीक्षकसमक्ष पेस गरिसकिएको जनाएको छ । साथै उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरण स्वीकृत गर्ने निर्णय गरेको छ ।

स्वीकृत वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाइनेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि ती विवरण कम्पनीको आठौँ वार्षिक साधारण सभामा पेस गर्ने प्रयोजनका लागि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : November 18, 2026 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/