कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द
१३ कात्तिक, काठमाडौं । लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई दिनका लागि राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै कात्तिक आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकमार्गमा सवारी आवागमन बन्द रहने जनाएको छ। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेको प्रशासनले जनाएको छ। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए। उनले उक्त अवधिमा कान्ति राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति : October 30, 2026 at 5:35 pm










