काठमाडौंका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने
१३ कात्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली भूमिगत गर्ने कामका लागि आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने क्रममा बाफल फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।
यस अवधिमा कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । । प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ । त्यस्तै, मौसम प्रतिकूल भएमा विद्युत् कटौतीको तालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणको भनाइ छ ।
प्रकाशित मिति : October 30, 2026 at 10:50 am










