२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

सेयर बजारका सबै सूचक बढे, बैंकिङमा आकर्षण

२३ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज १८० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा स्थिर रहेकाे छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ४.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। रिज लाइन इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक ७.८५ प्रतिशत घटेको छ।

यस दिन कुमारी बैंकको सर्वाधिक सेयर काराेबार भएकाे छ। सो बैंकको यस दिन २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

शुक्रबार सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्यो । विकास बैंक ०.६१, फाइनान्स ०.३३, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ०.७४, लगानी ०.१६, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.१७, निर्जीवन बीमा ०.१८, अन्य ०.२८ र व्यापार ०.३७ प्रतिशत बढे ।

प्रकाशित मिति : October 9, 2026 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/