१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

मुनलाईट हाइड्रोपावरले ९२ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

१४ असोज, काठमाडौँ । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ९२ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ।

उक्त सेयर निष्कासनको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ। मुनलाईट हाइड्रोपावर र ज्योति क्यापिटलबीच सेयर प्रत्याभूति सम्बन्धी सम्झौता भएको हो। काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावर कम्पनीका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार मुनलाईट हाइड्रोले सर्वसाधारणका लागि निष्कासन गर्ने सम्पूर्ण ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ।

प्रकाशित मिति : September 30, 2026 at 6:08 pm