११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

यस्ता छन् सर्वदलीय बैठकका निर्णय

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद् सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।

बैठकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्। आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ। हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने, विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ।

बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा जोड दिने निर्णय भएको छ। पुनर्निर्माण राष्ट्रिय अभियान सुरू गर्नुपर्ने, अन्तर्राष्ट्रिय संस्थालाई सहयोग अपिल गर्नेजस्ता निर्णय भएका छन्।

यस्तो छ निर्णयः

प्रकाशित मिति : August 27, 2026 at 12:13 pm