४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश ३ को राजधानी बनेपा सर्ने, प्रदेश ३ को संसदमा दर्ता भयो प्रस्ताव

१५ चैत, काठमाडौँ । प्रदेश ३ को अस्थायी राजधानी सानुपर्ने माग उठिरहेको समयमा नेकपा एमालेका सांसद चन्द्र लामाले राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता गराएका छन ।

प्रस्ताव बुधबार प्रदेशसभामा दर्ता भएको छ । सांसद चन्द्र लामा प्रस्तावक र सांसदद्वय रत्न ढकाल र बसुन्धरा हुमागाईंको समर्थन रहेको प्रस्तावमा १३ वटै जिल्लाका लागि हेटौँडा अपायक परेकाले सबैलाई पायक पर्ने ठाउँमा सार्नका लागि प्रस्ताव गरिएको छ ।

काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्कलाई प्रदेशको स्थायी राजधानी बनाउँदा उपयुक्त हुने प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशमा ११० जना सांसद रहेका छन्, जसमध्ये धेरैले प्रदेश राजधानी सानुपन मत राख्दै आएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार ०६:०२