सुरेशकुमार तिवारीलाई पक्राउ गर्न उच्च अदालत पाटनको आदेश
११ असार, काठमाडौँ । उच्च अदालत पाटनले सर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ स्थायी घर भएका डा सुरेश तिवारी भनेर चिनिने डा सुरेशकुमार तिवारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरको मुद्दामा पूर्पक्षका लागि उच्च अदालत पाटनले उनीविरूद्ध पक्राउ आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलाशका न्यायाधीद्धय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेले प्रतिवादीहरूलाई पूर्पक्षमा पठाउने आदेश गरेको हो । अब प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गरेर कारागार चलान गर्नेछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुन्धानबाट रामजानकी हेल्थ फाउण्डेशन प्रालिका तत्कालीन सञ्चालक तथा शेयरधनी तिवारीले प्रभु बैंकबाट निकासा भएको ऋण अपचलनमा योगदान गरेका थिए । सरकारले सरकारी वकिलको कार्यालय मार्फत तिवारीसँग ११ करोड ८२ लाख बिगो माग गरेको छ भने सोही बमोजिम जरिवाना र ६ देखि ८ वर्षसम्म कैदको माग गरेको छ ।
अनुसन्धानसम्बन्धी कागजातअनुसार तिवारी २०७३ जेठदेखि २०७३ भदौसम्म रामजानकी हेल्थ फाउण्डेशन प्रालिका शेयरधनी तथा सञ्चालक थिए । सो अवधिमा कम्पनी सञ्चालनका क्रममा बैंकलाई हानी–नोक्सानी पुर्याउने उद्देश्यले प्रभु बैंकका उच्च अधिकारी तथा अन्य व्यक्तिसँग मिलेमतो गरी ऋण सुविधा लिएको र त्यसको रकम स्वीकृत प्रयोजनभन्दा फरक कार्यमा डमी कम्पनी बनाएर खर्च गरिएको थियो ।
कागजातमा उल्लेख भएअनुसार कम्पनीले ‘Immediate Liabilities Management to Pay Salary and Other’ शीर्षकमा ऋण माग गरी प्रभु बैंकबाट २० करोड रुपैयाँको ‘ब्रिज ग्याप लोन (BGL)’ सुविधा प्राप्त गरेको थियो । तर उक्त ऋण रकममध्ये ठूलो हिस्सा पुराना ऋण तथा ब्याज तिर्न प्रयोग गरिएको र नयाँ कम्पनी बनाएर दुरूपयोग गरिएको छ ।
अनुसन्धान प्रतिवेदनले देखाएअनुसार २०७३ असोज १६ मा १० लाख रुपैयाँ पुरानो ऋणको ब्याज भुक्तानीमा खर्च गरिएको थियो। त्यसैगरी २०७३ असोज २६ मा रामजानकी हेल्थ फाउण्डेशन प्रालिको कृषि विकास बैंकमा रहेको ऋण तिर्न ११ करोड ७२ लाख रुपैयाँ प्रयोग गरिएको उल्लेख छ।
यसरी कम्पनीको तलब तथा अन्य तत्कालीन दायित्व व्यवस्थापनका लागि स्वीकृत गरिएको ऋण रकमबाट पुराना ऋण र ब्याज भुक्तानी गरिएकाले स्वीकृत उद्देश्यविपरीत रकम प्रयोग भएको अनुसन्धानको निष्कर्ष छ।
प्रतिवेदनअनुसार सुरेश कुमार तिवारीको संलग्नतामा कुल ११ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण रकम दुरुपयोग भएको दाबी गरिएको छ। उक्त प्रकरणमा तत्कालीन सञ्चालकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले मुद्दासँगै पेश गरेका पाण्डे बुधबार नै करागार चलान भएका छन भने फरार रहेका तिवारीसहितका अन्य प्रतिवादीलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । पन्तसहित अशोक शेरचन, मनिराम पोखरेल, ऋवश श्रेष्ठ, देव ढुङ्गाना, हरिमान लामा, धन बहादुर शेरचन, महावीर तामाङ, देवान राई, रश्मी पन्त र हरिकृष्ण भट्टचन फरार रहेका छन । फरार रहेका मध्ये अशोक र हरिकृष्ण ज्वाइँ ससुरा हुन ।
यो पनि पढ्नुहोस्
सुन्दरी बैंकर भनेर चिनाउन प्रभु बैंकको दुरूपयोग गर्ने रश्मीको रमिता सकियो
नेपाली बैंकिङ सुशासनमा भ्वाङ, अशोकले यसरी उडाए प्रणालीको खिल्ली
प्रभु बैंकको ऋण अपचलन : पाण्डे पूर्पक्षका लागि जेल चलान, बाँकीको पक्राउ पुर्जी जारी
प्रभु बैंक घोटला : २ अर्ब २१ करोडको बैकिङ कसूर मुद्दा, यी हुन प्रतिवादीहरू
प्रभु बैंक घोटलाः मुक्तिनाथ विकास बैंकका सिईओ तारा मानन्धर अनुसन्धानमा तानिए
प्रभु बैंकका दिनेश डंगोल पक्राउ, रश्मी पन्त अझै फरार
पुनः प्रभु बैंकको सिईओमा फर्किने अशोक शेरचनको प्रयास असफल
जनताको पैसा प्रभु बैंकमार्फत मिडियामा, चार वर्षमा झण्डै डेढ अर्ब स्वाहा
बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको अभियोगमा ७२ करोड ७७ लाख ६ हजार ९००रूपैयाँ ०६ पैसा विगो कामय गरिएको छ ।

प्रकाशित मिति : June 25, 2026 at 9:44 am









