सुन्दरी बैंकर भनेर चिनाउन प्रभु बैंकको दुरूपयोग गर्ने रश्मीको रमिता सकियो
११ असार, काठमाडौँ । सुन्दरी बैंकर भनेर चिनाउन प्रभु बैंकको चरम दुरूपयोग गरेकी रश्मी पन्त ऋण अपचलनको मुद्दामा पूर्पक्षमा कारागार चलान हुने भएकी छिन । मिडियामा सुन्दरताको बखान गराउने र बैंकभित्र अनेक सेटिङमा काम गरेर जनताको लगानी डुबाउन लागि परेकी पन्तले १० वर्षमा ११ पटक बढुवा लिएको बताइन्छ।
मुद्दाको अुनसन्धान सुरू भएदेखि नै उनी भूमिगत जीवनमा छिन । कतिपयले उनी भारतमा लुकेको भने पनि उनी निकटका कतिपय पत्रकारले उनी काठमाडौँमा लुकेर बसेको पनि बताउने गरेका छन । अदालतले नै पूर्पक्षकको आदेश गरेका कारण अब उनी पक्राउ पर्नेछिन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब तीन महिना लगाएर अनुसन्धान गरेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलाशका न्यायाधीद्धय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेले प्रतिवादीहरूलाई पूर्पक्षमा पठाउने आदेश गरेको हो ।
प्रहरीले मुद्दासँगै पेश गरेका पाण्डे बुधबार नै करागार चलान भएका छन भने फरार रहेका रश्मी पन्तसहितका अन्य प्रतिवादीलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । पन्तसहित अशोक शेरचन, मनिराम पोखरेल, ऋवश श्रेष्ठ, देव ढुङ्गाना, हरिमान लामा, धन बहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेश कुमार तिवारी र हरिकृष्ण भट्टचन फरार रहेका छन । फरार रहेका मध्ये अशोक र हरिकृष्ण ज्वाइँ ससुरा हुन ।
यो घोटालामा शेरचनलाई बैंकको ‘क्रेडिट चेन’ मा रहेका अन्य कर्मचारीहरूले पनि सघाएको देखिन्छ । मनिराम पोखरेलले बोर्डको स्वीकृति अगावै फाइल सिफारिस गरेका थिए भने रश्मी पन्तले पार्किङ खाता प्रयोग गरी रकम लुकाउन सहयोग गरेकी थिइन । त्यस्तै, रविन श्रेष्ठले सीईओको दबाबमा डीपीआर बिना नै फाइल अगाडि बढाएको स्वीकार गरेका छन् । बाह्य मूल्यांकनकर्ता देव ढुंगानाले जग्गाको अस्वाभाविक उच्च मूल्यांकन गरी बैंकलाई हानि पुर्याएका छन ।
यो पनि पढ्नुहोस्
नेपाली बैंकिङ सुशासनमा भ्वाङ, अशोकले यसरी उडाए प्रणालीको खिल्ली
प्रभु बैंकको ऋण अपचलन : पाण्डे पूर्पक्षका लागि जेल चलान, बाँकीको पक्राउ पुर्जी जारी
प्रभु बैंक घोटला : २ अर्ब २१ करोडको बैकिङ कसूर मुद्दा, यी हुन प्रतिवादीहरू
प्रभु बैंक घोटलाः मुक्तिनाथ विकास बैंकका सिईओ तारा मानन्धर अनुसन्धानमा तानिए
प्रभु बैंकका दिनेश डंगोल पक्राउ, रश्मी पन्त अझै फरार
पुनः प्रभु बैंकको सिईओमा फर्किने अशोक शेरचनको प्रयास असफल
जनताको पैसा प्रभु बैंकमार्फत मिडियामा, चार वर्षमा झण्डै डेढ अर्ब स्वाहा
बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको अभियोगमा ७२ करोड ७७ लाख ६ हजार ९००रूपैयाँ ०६ पैसा विगो कामय गरिएको छ ।

प्रकाशित मिति : June 25, 2026 at 6:25 am









