४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

लुकाएर राखिएको ३७० किलो गाँजा बरामद

४ असार, वीरगञ्ज । पर्सामा प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।

जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नहरको खाल्डो नजिक लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका २५ वटा पोकाभित्र गाँजा फेला पारेको हो। बरामद गाँजाको तौल ३७० किलोग्राम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र गाँजा कसले तथा कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : June 18, 2026 at 7:31 am