नेपाल टेलिकमको नाफा ६ अर्ब २७ करोड, प्रतिसेयर आम्दानी कति ?
३० वैशाख, काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९.८५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले सो अवधिसम्म २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा १.४९ प्रतिशत बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी ४२.३० रुपैयाँबाट बढेर ४६.४७ रुपैयाँ पुगेको छ । कम्पनीको बुकभ्यालु ५५०.८० रुपैयाँ र पीई रेसियो १८.३४ गुणारहेको छ ।
प्रकाशित मिति : 11:58









