३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गर्नुभएको हो ।

 संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । प्रतिनिधि सभा सचिवमा सिफारिस हुनुभएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का हुनुहुन्छ ।

 त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको प्थगलन ज्भभ ग्लष्खभचकष्तथ बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसँग निजामती सेवामा २४ वर्ष काम गरेको अनुभव छ ।

प्रकाशित मिति : 11:52