२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

२९ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाइएको छ। सभामुखको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदबाट राईलाई हटाउनुभएकाे हाे ।

‘राष्‍ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राईलाई मिति २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : 17:32