२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

नेपाली जलको ब्राण्डिङ गर्ने सरकारको घोषणा

२८  वैशाख, काठमाडौं। सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभएकाे हाे ।

उक्त नीति तथा कार्यक्रम अनुसार नेपाली जलको ब्राण्डिङ गर्न हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।

नागरिकले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न देशभरि पानी परीक्षण प्रयोगशालाहरू स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण र पानीको स्रोत संरक्षणका लागि वर्षाको पानी संकलन तथा त्यसको दिगो व्यवस्थापनलाई समेत प्राथमिकता दिइने छ ।

प्रकाशित मिति : 17:53