शेखर गोल्छा छुटे
२२ वैशाख, काठमाडौं । व्यवसायी शेखर गोल्छा छुट्नु भएकाे छ । काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेसँगै गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिहा गरिदिएको हो ।
गोल्छालाई श्रीमती सीमा पन्त गोल्छाको जिम्मा लगाएर छोडिएको सीआईबीले जानकारी दिएको छ । अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने शर्तमा गोल्छा छुट्नु भएकाे हाे । काठमाडौं जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा गोल्छालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्विकार गरेको थियो ।
व्यवसायी गोल्छालाई धितोपत्र र बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति : 17:43









