१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

बल्खु खोलामा भेटियो एक पुरूषको शव

१८ वैशाख, काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना पुरूष मृत फेला पर्नुभएको छ। शुक्रबार दिउँसो अन्दाजी ६० वर्षीय इन्द्रबहादुर राई मृत फेला पर्नुभएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उहाँको शव फेला परेको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 16:22