१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

हटाइएका सुकुमवासीलाई अस्थायी रूपमा पाँच स्थानमा राखिने

१८ वैशाख, काठमाडौं । आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ ।

ती स्थानबाट सुकुमवासी स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयाे । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।

सुकुमवासीलाई अस्थायी बसोवास गर्ने स्थानमा लैजानुअघि दशरथ रंगशालामा विवरण टिपाउने कार्य भइरहेकाे छ । रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको कार्य गरेको छ ।

प्रकाशित मिति : 15:15