सशस्त्र प्रहरी महानिरीक्षक अर्याल आजबाट अवकाशमा
१८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक ९आईजीपी० राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जानुभएको छ ।आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने हुनुभएको हो । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नुहुनेछ ।
अर्याल अवकाशमा जाने भएपछि उहाँको ठाउँमा नारायणदत्त पौडेललाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ । उहाँले भोलि, शनिबारदेखि कार्यकाल सम्हाल्नेछन् ।
प्रकाशित मिति : 14:46









