१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

खाना पकाउने ग्यासकाे मूल्य १५० रूपैयाँले बढ्याे, पेट्रोल र डिजेलको मूल्य कति ?

१८ वैशाख, काठमाडाैं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ। त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएकाे छ ।  अब एक सिलिन्डर ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : 09:37