राष्ट्रपतिले गरे कानुनविद्हरूसँग छलफल
१७ वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गर्नुभएकाे छ ।अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको जनाइएकाे छ ।
राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि शीतलनिवास बोलाउनुभएकाे थियाे ।
साे छलफलअघि राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएकाे थियाे । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएकाे हाे ।
प्रकाशित मिति : 17:15









