१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

१५ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आज ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 17:07