११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

अर्थ मन्त्रालय तानिए सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक ठाकुर

११ वैशाख, काठमाडाैं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ। मन्त्रालय स्रोतका अनुसार उहाँलाई बिहीबार मन्त्रालय तानिएको भए पनि हालसम्म कुनैजिम्मेवारी तोकिएको छैन।

बिचौलिया दीपक भट्टको स्टार माइक्रो इन्स्योरेन्समा श्रीमतीको नाममा सेयर भेटिएपछि उहाँ विवादमा मुछिनुभएकाे थियाे । उक्त प्रकरणबारे स्पष्टिकरण दिँदै ठाकुरले भने उक्त लगानी बैंक ऋण तथा सञ्चय कोषमार्फत कानुनी प्रक्रियाअनुसार गरिएको दाबी गर्दै आउनुभएकाे छ ।

प्रकाशित मिति : 12:04