चितवनमा असिना परेर ७४ सवारीसाधनमा क्षति
६ वैशाख, चितवन । चितवनको कुरिनटारमा एकैछिनको असिनामा परेर ७४ सवारीसाधनमा क्षति भएको छ । प्रहरीले अपरान्ह ४ बजेर ५५ मिनेटमा परेको हावाहुरीसहितको असिना पानीले ७४ वटा सवारीसाधानमा क्षति पुर्याएको हो ।
पृथ्वी राजमार्गमा कुदिरहेका र बाटोमा रोकेर राखिएका ती सवारीसाधनमा क्षति भएको हो । प्रहरीका अनुसार चितवन इच्छाकामना गाँउपालिका वडा नं.३, ४ र ५ अन्तरगत पृथ्वीराजमार्गमा पर्ने विभिन्न ठाउँमा ७४ सवारीमा क्षति पुगेको हो । प्रहरीका अुनसार कारमा ५७ वटा, माइक्रोबस १५ वटा, मोटरसाइकल १ वटा र ट्रक १ वटामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 22:00









