३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

प्रेस काउन्सिलले पुरस्कारको दलीय भागवण्डा हटाउन खोजेको हो ?

३ वैशाख, काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारिता पुरस्कार कार्यविधि, २०७९ लाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न सरोकारवालासँग सुझाव माग गरेको छ।

काउन्सिलले जारी गरेको सूचनाअनुसार प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको विकासका लागि विद्यमान कार्यविधिलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै सुझाव आह्वान गरिएको हो। यसका लागि पत्रकार, सञ्चार संस्था, विज्ञ तथा सम्बन्धित निकायहरूसँग परामर्श आवश्यक ठहर गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको विभिन्न पुरस्कारलाई थप व्यवस्थित, पारदर्शी र वस्तुनिष्ठ बनाउन कार्यविधिमा संशोधन गर्न लागिएको जनाएको छ।

इच्छुक सरोकारवालाले आफ्नो सुझाव प्रेस काउन्सिल नेपालको वेबसाइट www.presscouncilnepal.gov.np मार्फत वा [email protected] इमेल ठेगानामा पठाउन सक्नेछन्। सूचनाअनुसार सुझाव पेश गर्ने अन्तिम मिति २०८१ जेठ ३० गते तोकिएको छ।

यसअघि प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरको नाममा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले भागवण्डा गरेर पुरस्कार लिने गरेका थिए ।

dainiki.com

प्रकाशित मिति : 22:11