१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने सरकारको संकेत

२४ चैत, काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने संकेत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताउनुभयो ।

पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिने उहाँले बताउनुभयाे । साथै, मन्त्री रावलले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताउनुभयाे ।

नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको बताउनुभयाे ।

प्रकाशित मिति : April 7, 2026 at 2:12 pm