बालेनलाई बधाई दिँदै मोदीले भनेः तपाईंसँग काम गर्न उत्सुक छु
१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिनुभएकाे छ । शुक्रबार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले फेसबुकमार्फत बालेनलाई बधाई दिनुभएकाे हाे ।
मोदीले लेख्नुभएकाे छ, ‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो। दुई देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्याउन नजिकबाट तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु ।’
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १५:०८














