११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

११ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराउनुभएको हो । केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ। आज शपथ लिनुभएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित सांसदलाई शपथ खुवाउनु हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार ११:४२