६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली यूएईमा पक्राउ

६ चैत, काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन् ।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १५:०७