८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमाकर्मचारी

६ चैत,  काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक/एक जना कर्मचारी मागेको छ। प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ।

त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ। वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ। इच्छुकले चैत २६ गतेसम्म र  दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ०९:५७