रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय पेश गर्न सर्वोच्चको आदेश
५ चैत, काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेस गर्न आदेश दिएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारीले सुरूमा रविको मुद्दामा अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन् । त्यसको २ दिनपछि अरु सबै आरोपीको हकमा पनि संशोधन हुने निर्णय गरेकी थिइन् ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १७:५४













