२५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026

स्याप्रुबेशी–रसुवागढी सडक तीन महिना बन्द रहने

४ चैत, काठमाडौं । सरकारले गल्छी–त्रिशुली–मैलुङ–स्याप्रुबेशी रसुवागढी सडक आगामी चैत्र १८ गतेदेखि तीन महिनाका लागि बन्द गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै हाललाई तीन महिनाका लागि स्याप्रुबेशी दक्षिण पुलदेखि चीन नेपाल मैत्री पुल रसुवागढी सडक खण्ड बन्द हुने जनाएकाे हाे ।

चीन सरकारको अनुदान सहयोगमा स्तरोन्नति भइरहेको उक्त सडक हाललाई बन्द रहने भएको हो । उक्त खण्डमा अति अप्ठ्यारो र अति नै जोखिमयुक्त ठाउँहरु निर्माण कार्य गर्दा निर्माण सामग्री तथा मेसिनरी राख्न, छिटोभन्दा छिटो प्रगति हासिल गर्न तथा सुरक्षाको दृष्टिकोणले पनि सडक बन्द गरेर नै निर्माण कार्य अघि बढाउनु परेको मन्त्रालयले जनाएको छ । साे अवधिमा सर्वसाधारणमा पर्न जाने असुविधाका लागि मन्त्रालयले क्षमाप्रार्थी रहेको जनाएको छ ।

प्रकाशित मिति : March 18, 2026 at 12:14 pm