२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

२१ फागुन, सुदूरपश्चिममा । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।

प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदीबन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १५:३१