४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

https://www.muktinathbank.com.np/online/loan-application

२१ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । मुगुमा कूल ३६ हजार ३१ मतदाता छन् । जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन् । कूल उम्मेदवार सात रहेका छन् ।

प्रकाशित मिति : March 5, 2026 at 1:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/