२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन, काठमाडौंमै फर्किएर अवतरण

२१ फागुन, काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।  हेली एभरेस्टको हेलिकप्टर झापामा ल्यान्ड नभएपछि काठमाडौँमा त्रिभुवन विमानस्थलमा फर्किरहेको हो ।

बिहान शाह लगायत ०५ सदस्यीय टोली  झापा प्रस्थान गरेको थियो । खराब मौसमको कारण हेलिकप्टर पुनस् डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको जनाइएको छ । बालने बिहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १०:४७