२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

२१ फागुन, काठमाडौं । दोलखामा हवाई फायर भएको छ । तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको जानकारी दिनुभयो । निर्वाचनमा खटिएका  कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले हवाई फार गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : March 5, 2026 at 10:30 am