४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

निर्वाचनको दिन पत्रकारले सूचना विभागको कार्ड देखाएर हिँडडुल गर्न सक्ने

https://www.muktinathbank.com.np/online/loan-application

२० फागुन, काठमाडाैं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न सक्ने भएका छन्।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट जारी भएका कार्ड देखाएर सवारी चलाउन र हिँडडुल गर्न सक्ने बताउनुभएकाे हाे ।

आयोगले सूचना विभागको कार्ड नभएका पत्रकार र कर्मचारीलाई पास वितरण गरेको छ। आयोगले उपलब्ध गराएको पास नभएकाहरूले सूचना विभाग र सञ्चार रजिस्ट्रारको कार्यालयबाट लिएका कार्ड देखाएर हिँडडुल गर्न सक्नेछन्।

प्रकाशित मिति : March 4, 2026 at 5:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/