१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

१९ फागुन, काठमाडाैं। सर्लाहीमा मतदान अधिकृतको निधन भएको छ । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हाे ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्‍याएको उहाँलालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १७:४८